FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अनलाइन खरिद सेवा

    • कृषि टि.भी.
    • १ साल अघि
    • २७ पटक पढिएको
    मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अनलाइन खरिद सेवा

    मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन काठमाडौ उपत्यकामा सञ्चालित अनलाइन सपिङ्ग बजेट पसल डट कम सँग व्यवसायिक सम्झौता गरेको छ । बजेट पसल डटकमद्वारा केही क्लिकबाटनै सजिलै विभिन्न सामाग्रीहरु जस्तैः खाद्य वस्तुहरु, मोबाइल , ल्यापटप तथा अन्य विद्युतीय सामाग्री , घरेलु सरसफाई, सुन्दरताका सामाग्री तथा अन्य सामान सजिलै अनलाइन खरिद गर्न सकिने छ । होम डेलिभरीको व्यवस्था रहेको हुँदा यो सेवा आफू व्यस्त रहेको समय र कोरोनाको समयमा पनि निकै उपयुक्त रहने बैंकले विश्वास लिएको छ ।
    सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बजेट पसलबाट ३ हजार भन्दा बढिको सामान अनलाइन खरिद र भुक्तानी गर्दा ५ प्रतिशतसम्म छुटको फाइदा लिन सक्नेछन् । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
    त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित